जोडिनुहोस
बिहिबार, फाल्गुन २९, २०८१
बिहिबार, फाल्गुन २९, २०८१
  • होमपेज
  • विभिन्न १० निर्माण कम्पनी कालोसूचीमा

विभिन्न १० निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज सार्वजनिक सूचना निकालेर दुई कम्पनीलाई डेढ वर्ष र अरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको जानकारी दिएको हो ।

गणेश तङनामी मुख्य व्यक्ति भएको तारालक्ष्मी निर्माण सेवा गुल्मी र अनिल बस्नेत मुख्य व्यक्ति भएको ममता मञ्जु कन्स्ट्रक्सन प्राली काठमाण्डौ डेढ वर्षका लागि कालोसूचीमा परेका छन् ।

त्यस्तै सुवोध खतिवडा मुख्य व्यक्ति भएको सनम निर्माण सेवा, कमल सापकोटा मुख्य व्यक्ति भएको निर्जरा निर्माण सेवा, अशोक गैरे नेतृवको इन्द्रेणी बिल्डर्स एण्ड सप्लायर्स प्राली काठमाण्डौ, जी।एस। निर्माण संसार कम्पनी र कमन कन्स्ट्रक्सन एक वर्षका लागि कालोसूचीमा परेका छन् ।

जी.एस. निर्माण संसार कम्पनीका मुख्य व्यक्ति गोपालप्रसाद दाहाल र कमन कन्स्ट्रक्सनका मुख्य व्यक्ति कमानसिंह लामा हुन् ।

त्यसैगरी भिमबहादुर सावद नेतृत्वको राजेन्द्र निर्माण सेवा, रविन कुमार जोशी नेतृत्वको रफिना एण्ड कन्स्ट्रक्सन र सुरेश कुमार सिलवाल नेतृत्वको राम निर्माण कन्स्ट्रक्सन पनि एक वर्षका लागि कालोसूचीमा परेका छन् । जिम्मा लिएको काम सन्तोषजनक नभएका निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राख्ने गर्छ ।

कालोसूचीमा परेको अवधिभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने प्रावधान छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका