विमस्टेक सम्मेलनको तयारी सकियो, भारतसँग रेल लाइन र बल्क कार्गोका विषयमा सम्झौता हुने

title
शुक्रबार, भदौ ८, २०७५

काठमाडौँ । आगामी भदौ १४–१५ मा हुन गइरहेको बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीकाको प्रयास विमेस्टेकको चौथो शिखर सम्मेलनका क्रममा नेपाल र भारतविच दुई सम्झौता हुने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा रेल लाइन र ‘बल्क कार्गो’ सम्बन्धि सम्झौतामा हस्ताक्षर हुने जानकारी दिनुभयो । त्यस्तै मोदी आउँदा भारतीय सहयोगमा निर्माण भएको पशुपतीस्थित धर्मशाला पनि उद्घाटन र हस्तान्तरण हुने कार्यक्रम छ । पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले बिमेष्टेको सबै तयारी पुरा भएको पनि जानकारी दिनुभयो ।

बैठकको तयारीका लागि १२ गते विदेश मामिला सचिवहरुको बैठक हुने र १३ गते विदेश मामिला मन्त्रीहरुको बैठक बस्ने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । दुई बैठकले बिमस्टेक बैठकका ऐजेन्डा र छलफलका विषयहरुलाई अन्तिम रुप दिने कार्यक्रम रहेको परराष्ट्रमन्त्री ज्ञावलीले बताउनुभयो । बैठकका क्रममा कनेक्टीभिटि, गरिबि निवारण, व्यापार र लगानी, जलविद्युत र जलवायु परिवर्तन सम्बन्धी एजेन्डामा छलफल हुने बताईएको छ । बिमस्टेक सदस्य राष्ट्रहरुबीचको महत्वपूर्ण विषय लगायत बुद्धिष्ट सर्किट बनाउने विषयमा नेपालको विशेष जोड हुने उहाले जानकारी दिनुभयो ।

बैठकमा बंगलादेशकी प्रधानमन्त्री शेख हसीना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति राष्ट्रपति मैथ्रिपाला सिरीसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा, म्यानमारका प्रधानमन्त्री वीन मिन्ट, भुटानका अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष छिरिङ तोग्वे सहभागी हुनुहुने छ । चार वर्ष अघिबाट अध्यक्ष भएको नेपाल आयोजक राष्ट्र हो ।