विमानस्थलमा उपप्रधानमन्त्री यादवको चर्तिकला

title
बुधबार, साउन ९, २०७५

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मंगलबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चर्तिकला देखाए ।

थाइल्याण्ड जान लागेका उनी विना पासपोर्ट एअरपोर्ट पुगेर विमानस्थलका कर्मचारी र उनी सवार हुन लागेको थाइ एअरवेजका कर्मचारी माथि राजनीतिक शक्ति प्रदर्शन गर्दै चर्चिकला देखाएका हुन् ।

विमान उड्नुभन्दा १० मिनेट अघि मात्र एअरपोर्ट पुगेका उनले सुरुमा काउन्टरमा बाजाबाज गरे । विमानस्थल कर्मचारी र एअरवेजका कर्मचारीले जहाजका क्याप्टेनसँग सम्पर्क गरे। भिआइपीलाई समेट्न चालकले उडान ढिलो गर्नसकिने जानकारी दिएसँगै मन्त्रीसँग पासपोर्ट मागियो। तर उनी विना पासपोर्ट एअरपोर्ट पुगेका रहेछन्।

पछि उनको सचिवालयले पासपोर्टको बन्दोवस्त गरिदियो। त्यसवेलसम्म बोर्डिङ पास लिने काउन्टर बन्द भइसकेको थियो। उनलाई हस्तलिखित बोर्डिङ पास दिएर सवार गराइयो।