विमामार्फत् विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै लैजानुपर्नेमा अर्थमन्त्रीको जोड

title
मङ्लबार, अशोज ९, २०७५

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विमामार्फत् विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ ।

बीमा समिति र नेपाल बीमक संघद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरण : विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१आँैं सम्मेलनको आज काठमाडौमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले समग्र आर्थिक समृद्धिका लागि वर्तमान सरकारले आफ्नो ध्यान केन्द्रीत गरेको भन्दै बीमामार्फत् विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले सबै जनतालाई स्वास्थ्य बीमा कार्यक्रमको पहु“चमा ल्याउन लागिएको उल्लेख गर्दै ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमाको दायित्व सरकारले नै व्यहोर्ने बताउनुभयो ।

यातायात, घरजग्गा व्यवसाय, उद्योगलगायत केही सीमित क्षेत्रमा रहेको बीमाको दायरालाई आगामी दिनमा बढाउँदै अन्य क्षेत्रमा विस्तार गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

दुईदिसम्म सञ्चालन हुने सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सहित विभिन्न देशका ५ सय भन्दा बढी बीमा कम्पनीका प्रतिनिधिको सहभागिता रहेको छ ।