विम्स्टेक राष्ट्रहरुबाट नेपालले फाइदा लिन नसकेको कांग्रेस सह–महामन्त्री महतको भनाई

title
शनिबार, भदौ १६, २०७५

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले विम्स्टेक राष्ट्रहरुबाट नेपालले फाइदा लिन नसकेको बताउनुभएको छ ।

काठमाडौमा आज भएको साक्षत्कारमा आयोजना गरेको साक्षात्कारमा उहाले काठमाडौंमा सम्पन्न भएको चौथो शिखर सम्मेलनका बेला चर्चा परिचर्चा धेरै भएपनि यसबाट नेपालले फाईदा लिन नसकेको बताउनुभयोे ।

विम्स्टेकमा रहेका अरु राष्ट्रले पनि यसबाट कसरी फाईदा लिने भन्ने विषयमा धेरै चासो नदिएका कारण यसको प्रभावकारिता बढ्न नसकेको पनि उहांले बताउनुभयो ।

नेपालले विम्स्टेक राष्ट्रहरुसंग सहकार्य गरेर व्यापार घाटा कम गर्न सक्नुपर्नेमा जोड दिदै ग्रिड कनेक्टिभिटीमा सम्झौता भएपनि यसको कार्यान्वयन पक्ष स्पष्ट नभएको गुनासो गर्नुभयो ।

विम्स्टेक राष्ट्रबीच रेलवे र सडकमार्ग विस्तार गर्न सक्ने हो भने नेपालको पर्यटन क्षेत्रको विकास सहज हुने महतको भनाई छ ।

नेपालमा रेल ल्याउने योजना राम्रो भएपनि यसका लागि नेपालसंग पुजी नभएको भन्दै उहाले भारत वा चीन जहांबाट रेलमार्ग बनाएपनि त्यही देशले बनाइदिनुपर्ने जिकिर गर्नुभयो ।