विवादका बिच नेकपा एकता कार्यदल भंग

title
शुक्रबार, फाल्गुन १०, २०७५

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउने गठित कार्यदल भंग गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले कार्यदल भंग गरी बाँकी जिम्मेवारी सचिवालयलाई नै जिम्मा दिने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्नेछ । बैठकपछि प्रवक्ता श्रेष्ठले एकीकरणका बाकी काममा सचिवालयले गृहकार्य गरेर प्रस्ताव तयार गर्ने र स्थायी कमिटीमा पेश गर्ने जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठले यसअघि बनेको कार्यदललाई धन्यवादसहित विदा गर्ने निर्णय भएको पनि बताउनुभयो ।

पौष १३ बनेको कार्यदललाई एकीकरणका बाँकी काम टुङ्ग्याउने गरी प्रस्ताव तयार गर्ने म्यान्डेट थियो । यसअघि बिहिबार कार्यदलका सदस्यहरु सहित बसेको बैठकमा कार्यदलले एक हप्ताको समय माग गरेको थियो ।