विवादास्पद सम्मेलनमा प्रधानमन्त्री ओलीले लिए एकलाख डलरसहित अवार्ड

title
आइतवार, मंसिर १६, २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गुड लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’ प्राप्त गर्नुभएको छ । शुक्रबार एसिया प्यासिफिक समिटमा ओलीलाई युनिभर्सल पिस फेडेरेसनले उक्त अवार्ड दिएको हो ।

संस्थाले अवार्डसँगै एक लाख अमेरिकी डलर पनि प्रदान गरेको छ । अवार्ड ग्रहण गर्दै प्रधानमन्त्री ओलीले उक्त रकम युवाहरुको क्षमता विकासमा लगानी गर्ने बताउनुभयो । उहाले मुलुक स्थायीत्व तर्फ अघि बढेको भन्दै जनताको आशा अव पुरा हुने तर्क गर्नुभयो । उहाले मुलुकमा प्राप्त परिवर्तनलाई सस्थागत गर्न सबै ग्म्भीर हुनुपर्ने जिकिर गर्नुभयो । लोकतन्त्रलाई सार्थक बनाउन सबै मिलेर काम गर्नुपर्ने भन्दै उहाले जनप्रतिनिधी पनि काममा गम्भीर भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा मातृसंगठन युनिफिकेशन चर्चकी प्रमुख हक जा हान मुनबाट आर्शिवाद ‘सच्चा माता को ब्लेसिङ’ लिएका थिए । मेयर सहितका जनप्रतिनिधिलाई स्टेजमै आमन्त्रण गरी आर्शिवाद दिइएको थियो भने अन्यलाई यथास्थानमा आर्शिवाद दिइएको थियो ।