विवाह गर्न नमानेको भन्दै युवतीमाथि एसिड

title
मङ्लबार, अशोज ९, २०७५

नवलपरासी । नवलपुरको कावासोती नगरपालिका–१६ मा एक युवतीमाथि एसिड र छुरा प्रहार भएको छ । हिजो साँझ ८ बजे कावासोतीकी ३० वर्षीया वसन्ती परियारमाथि एसिड र छुरा प्रहार भएको हो । स्थानीय ३७ वर्षीय विमल श्रीपालीले बाटोमा हिँड्दै गरेका बेला परियारमाथि एसिड र चक्कु प्रहार गरेको आरोप युवतीले लगाएकी छन् ।

युवतीले विवाह गर्न नमानेको भन्दै श्रीपालीले आक्रमण गरेको बताइएको छ ।

घाइते युवतीलाई उपचारका लागि चितवनको भरतपुर अस्पतालमा लगिएको छ भने आक्रमण गर्ने श्रीपालीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।