विश्वकप क्रिकेट : आज साविक विजेता अष्ट्रेलिया र श्रीलंका खेल्दै

title
शनिबार, जेष्ठ ३२, २०७६

लण्डनमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज साविक विजेता अष्ट्रेलिया र श्रीलंका खेल्दै छन् ।

अष्ट्रेलियाले आज(सनिवार) दिउँसो नेपाली समय अनुसार सवा ३ बजे प्रतियोगितामा कमजोर देखिएको पूर्व विजेता श्रीलंकाविरुद्धको खेल जीतेमा अंक तालिकाको शीर्ष स्थानमा पुग्ने छ ।

गएराति वेष्ट इण्डिजलाई ८ विकेटले हराएसँगै इंग्ल्याण्ड दोस्रो स्थानमा उक्लिएपछि ४ खेलबाट ६ अंक जोडेको अष्ट्रेलिया अहिले अंकतालिकाको तेस्रो स्थानमा छ । इंग्ल्याण्डको पनि समान ६ अंक छ । न्यूजिल्याण्ड ७ अंकसहित शीर्ष स्थानमा छ । यसअघि पाकिस्तानलाई ४८ रनले पराजित गरेको खेलमा अष्ट्रेलीयाका ओपनर डेविड वार्नरले शतक प्रहार गरेका थिए ।

अष्ट्रेलियाले जारी विश्वकपमा सन्तुलित प्रदर्शन गरिरहेको छ । यता प्रतियोगिताको सुरुवाति २ खेलको विश्लेषण गर्दा श्रीलंकाली टोली यसपटक निकै कमजोर देखिएको छ । इंग्ल्याण्डको पिचमा उसका ब्याट्सम्यानहरुले अफगानिस्तानविरुद्ध समेत संघर्ष गर्नुपरेको थियो ।

अष्ट्रेलियाविरुद्ध जित हाँसिल गर्ने हो भने श्रीलंकाले ब्याटिङ, बलिङ र फिल्डीङ गरी तीनै पक्षमा आफ्नो स्तर सुधारनुर््पर्नेछ ।