विश्वकप क्रिकेट : उपाधी दाबेदार अष्ट्रेलियाको लगातार दोस्रो जित

title
बिहिबार, जेष्ठ २३, २०७६

ऐजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा उपाधी दाबेदार अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ । बिहिबार वेष्ट इण्डिजमाथि १५ रनको रोमान्चक जित हात पार्दै अष्ट्रेलियाले प्रतियोगितामा लगातार दोस्रो जित निकाल्न सफल भयो ।

नटिङघममा अष्ट्रेलियाले दिएको २८९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७३ रन मात्र बनाउन सक्यो । वेष्ट इण्डिजका लागि साई होप ६८ र कप्तान जासन होल्डरले ५१ बनाएर अर्ध शतकीय पारी खेलेपनि जित भने दिलाउन सकेनन् । यता, अष्ट्रेलियाको जितका लागि मिचेल स्टार्कले ५ विकेट लिए भने पाट कुमिन्सले २ विकेट लिए । यो जितसंगै अष्ट्रेलियाले २ खेलबाट ४ अंक जोडेको छ ।