विश्वकप क्रिकेट : उपाधी दाबेदार राष्ट्रको भिडन्त, अष्ट्रेलिया ब्याटिङमा

title
बिहिबार, जेष्ठ २३, २०७६

एजेन्सी । इंग्ल्याण्डमा जारी १२औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले अष्ट्रेलिया र वेष्ट इण्डिजबीच प्रतिस्पर्धा भईरहेको छ । नटिङघममा भईरहेको खेलमा वेष्ट इण्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णग गरेपछि अष्ट्रेलियाले सुरुवातमा ब्याटिङ गरिरहेको छ ।

ट्रेण्ड ब्रिज स्टेडियममा यी दुवै उपाधी दाबेदार टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रिएका छन् । पहिलो खेल जित्दै सुखद सुरुवात गरेका अष्ट्रेलिया र वेष्ट इण्डिज दोस्रो खेलमा पनि अंक जोड्न दाउँमा छ ।

पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । यता, वेष्ट इण्डिजले पनि पाकिस्तानलाई ७ विकेट हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो । यी दुवै टोली आजको खेलमा जित निकाल्दै आफ्नो उपाधि दाबेदार प्रस्तुत गर्न चाहन्छन् ।