विश्वकप क्रिकेट : भारत समक्ष २२८ रनको चुनौती

title
बुधबार, जेष्ठ २२, २०७६

ऐजेन्सी । इंग्ल्याण्डमा जारी १२औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले उपाधी दावेदार भारत र दक्षिण अफ्रिकाबीच प्रर्तिस्पर्धा भईरहेको छ ।

साउथह्याम्पटनमा जारी खेलमा दक्षिण अफ्रिकाले भारतलाई जितका लागि २२८ रनको मध्यम रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर २२७ रन बनायो । दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले सर्वाधिक ४२ तथा कप्तान फाफ डु प्लेसिसले ३८ रन जोडे ।

त्यस्तै एण्डिले फेलुकवाओले ३४, डेभिड मिल्लरले ३१ तथा कागीसो राबडाले ३१ रनको योगदान दिए । यता, भारतका युजभेन्द्र चाहलले ४ विकेट लिदाँ जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले समान दुई दुई विकेट हात पारे । भारत पहिलो खेलमै विजयी सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिएको छ । यता, पहिलो खेलमा इंग्ल्यान्डसँग १ सय ४ र बंगलादेशसँग २१ रनले पराजित भएको दक्षिण अफ्रिका पनि पहिलो जितको खोजिमा छ ।