विश्वकप क्रिकेट : १६ वर्षपछिको भिडन्त, अपराजित रहने दाँउ

title
बिहिबार, जेष्ठ ३०, २०७६

ऐजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र न्युजील्याण्डबीच भिडन्त भईरहेको छ । ट्रेन्ट ब्रिज मैदानमा हुने खेल नेपाली समय अनुसार सवा ३ बजेबाट सुरु हुदैँछ । अपराजित रहेको दुवै टोली आफ्नो अपराजित यात्रालाई कायम राख्ने योजनासहित मैदान उत्रनेछन् ।

यसअघि आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिका र अष्ट्रेलियालाई पराजित गरेको भारत आज तेस्रो जितको खोजिमा छ । भारतले यसअघि दक्षिण अफ्रिकालाई लाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै, बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो । यता, अपराजित रहेको न्युजिल्यान्ड चौथो जितको खोजिमा छ ।

यसअघि न्युजिल्याण्डले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो । त्यस्तै, आफ्नो दोस्रोमा बंगलादेशलाई दुई विकेट र तेस्रो खेलमा अफगानिस्तानलाई सात विकेटले पराजित गरेको थियो । यी दुवै टिम सन् २००३ को विश्वकपपछि आमने सामने हुदैछन् । जुन खेलमा भारतले न्युजिल्यान्डलाई सात विकेटले पराजित गरेको थियो ।