विश्वकप टि–२० छनोटः  उपाधि जित्ने दाउमा नेपाल, अन्तिम खेलमा अाज सिंगापुरको सामना गर्दै 

title
शुक्रबार, अशोज २६, २०७५

काठमाडौं । आईसीसी विश्वकप टि–२० एसिया क्षेत्र छनोटको अन्तिम खेलमा शुक्रबार नेपालले सिंगापुरको सामना गर्दैछ । समान पाँच खेलमा जित हात पार्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको सिंगापुरलाई हराउँदै पहिलो स्थानमा रहेको नेपाल समूह विजेता बन्दै उपाधि जित्ने दाउका साथ मैदानमा उत्रिने छ ।

खेल नेपाली समय अनुसार दिउँसा सवा १२ बजे बाट मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा शुरु हुने छ । नेपालले सिंगापुरसँग कुनै पनि फ्रम्यार्टको क्रिकेटमा अहिले सम्म पराजय भोगेको छैन । टी–२० क्रिकेटमा नेपाल र सिंगापुरबीच २ ओटा खेल भएका छन् । दुबै खेलमा नेपाल विजयी भएको थियो । टी–२० क्रिकेटमा नेपालले बनाएको सर्वाधिक स्कोरको रेकर्ड पनि सिंगापुरबीरुद्ध नै रहेको छ । सन् २०१३ मा कीर्तिपुर क्रिकेट मैदानमा भएको एसीसी कपमा सिंगापुरबीरुद्ध बनाएको २ सय १० रन नै नेपालले टी–२० मा बनाएको उच्च रन हो । उक्त खेलमा नेपाल १ सय २१ रनले विजयी भएको थियो ।

यस अघि नेपालले लगातार पाँच खेलमा जित हात पार्दै १० अंकका साथ पहिलो स्थानमा रहेको छ । भने सिंगापुरले पनि पाँचवटै खेलमा जित हात पार्दै नेटरनरेटका आरमा दास्रो स्थानाम छ । एसिया क्षेत्र छनोटमा नेपाल र सिंगापुरले एक अन्तिम खेल अगावै स्थान बनाइसकेका छन् भने अन्तिम खेलले कुन टोली समूह विजेता भन्ने टुंगो लाग्नेछ । अन्य खेलको तुलनामा सिंगापुरविरुद्धको नेपालको खेल संघर्षपूर्ण रहने छ । यो समूहमा रहेका टोलीहरुमा तुलनात्मकरुपमा नेपाल र सिंगापुर बलिया टोली हुन् ।

सिंगापुरविरुद्धको खेलमा अप्रत्यासित नतिजा आए पनि नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहने छ भने सिंगापुर शीर्षस्थानमा । तर, नेपाली टोली लयमा रहेका कारण नेपाल शीर्षस्थानमै रहँदै पहिलो चरण पार गर्नेछ । एसिया क्षेत्र छनोटमा तीन टोली छनोट हुने भएको हुँदा यी दुई टोलीबीच जस्ले जित–हार जे व्यहोरे पनि यी दुवै टोलीले पहिलो चरण पार गरिसकेका छन् । अबको खेलले मात्र विजेतोका को हुने भन्ने मात्र टुंगो लाग्नेछ ।

अब एउटा अर्को टोली कुन जाने भन्ने भने अझै टुंगो लागिसकेको छ । आफ्ना ६ खेल खेलिसकेको थाइल्याण्ड अहिले ७ अंकका साथ तेस्रो नम्बरमा छ भने ५ खेल खेलेको मलेसिया पाँचौ नम्बरमा । मलेसियाले आफ्नो अन्तिम खेलमा चीनलाई पराजित गरको खण्डमा थप दुई अंक जोड्दै ७ अंकका साथ नेटरनरेटका आधारमा तेस्रो नम्बर उक्लिेन छ र उसले पनि पहिलो चरण पार गर्ने सम्भावना बलियो बनाएको छ । किनकी चीन यो समूको सर्वाधिक कमजोर टोलीका रुपमा रहेको छ । चीनले अहिलेसम्म १ खेलमा समेत जित हात पार्न सकेको छैन । यो समूहमा रहेका अन्य दुई टोली भुटान र म्यानमारको सम्भावना पनि सकिसकेको अवस्था छ ।

शीर्ष स्थानमा रहने लक्ष्यमा रहेको नेपालले पहिलो चरण पछि अब नेपालले एसियन सब रिजनल छनोटमा रहेका ए र बी गरी आउने ६ टिमहरु बिच एसियाली क्षेत्रीय छनोट खेल्नेछ । यसबाट २ टिम मात्र टि–२० बिश्वकप छनोटको ग्लोबल क्वालिफायरमा पुग्नेछन् । हाल एसियन सब रिजनल ‘ए’ बाट युएइ, कुवेत, कतार एशियाली क्षेत्रीय छनोटमा पुगिसकेका छन । अब नेपालले एशियन छनोटमा शीर्ष २ मा पर्नुपर्नेछ ।

त्यसपछि एसियाली छनोटबाट आएका २ टिमसहित अन्य क्षेत्रीय छनोटबाट आएका ६ टिम र यही बर्षको डिसेम्बरसम्मको आइसीसी बरियतामा ११ देखि १६ मा पर्ने टिम गरेर कूल १४ टिमबीच ग्लोबल छनोट हुनेछ । जसबाट शीर्ष ६ टिमले विश्वकप स्थान बनाउनेछन् । नेपालले अन्तिम छनोटको शीर्ष ६ मा पर्न सकेमा टी–२० विश्वकप दोस्रो पटक खेल्नेछ ।