विश्वकप ट्रफी नेपालपछि अब भारतमा

title
मङ्लबार, कार्तिक १३, २०७५

काठमाडौं । आइसिसी विश्वकप क्रिकेटको ट्रफी नेपाल पछि अब भारतमा लगिने भएको छ । सोमबार ट्रफी काठमाडौंको वसन्तपुरमा सोमबार प्रदर्शन गरिएको थियो ।

नेपालमा रहँदा ट्रफीलाई पहिलो दिन शुक्रबार स्वयम्भू, दोस्रो दिन पोखरा र आइतबार चन्द्रागिरि पु¥याइएको थियो । आइतबार साँझ ट्रफी राष्ट्रिपति विद्यादेवी भण्डारीसमक्ष सार्वजनिक गरिएको थियो ।

आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गरिएको हो । नेपालले एकदिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याइएको हो । विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिँदैछ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलोपटक ल्याइएको हो ।

एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफीटुर ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (युएइ) हुँदै नेपाल ल्याइएको थियो । ट्रफी नेपालबाट भारत, न्यूजील्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इग्ल्याण्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ ।