विश्वकप यु–१९ छनौट क्रिकेटः नेपालद्वारा ओमन १ सय ५० रनले पराजित

title
मङ्लबार, बैशाख ३, २०७६

काठमाडौँ । विश्वकप यु–१९ छनौटको चौथो खेलमा ओमनमाथि सानदार जित हासिल गरेको छ । नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको ओमनले ४४ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ७९ रन मात्रै बनाउन सक्यो ।

मलेसियाको क्वालालम्पुरमा भएको खेलमा टस हारेर व्याटिङ गरेको नेपालका कप्तान रोहित पौडेलले ७५ रन र १० औँ नम्बरमा व्याटिङ गर्न पुगेका प्रतिस जिसिले विस्फोटक व्याटिङ गर्दै २३ बलमा ४ छक्का र २ चौकाको मद्धतले ३९ रनको मद्धतमा नेपालले ४३.२ ओभरको खेलमा २ सय २९ रन बनाएको थियो ।

नेपालका रित गौतमले १० रन, पवन सर्राफले ५, अभिषेक बस्नेतले १५ रन, सन्दिप जोराले ४ रन, हरिबहादुर चौहानले २ रन, भुवन सार्कीले ३९ रन, कुशल मल्ल २ रन, कमलसिंह ऐरीले १ रन जोडे । नेपालका लागि सूर्य तामाङले अविजित ७ रन जोडे ।

जवाफी व्याटिङमा आएको ओमनका एकजना व्याट्सम्यानबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । शुरुको १० ओभरमा पहिलो विकेट गुमाएको ओमनका व्याट्सम्यान नेपाली बलरसामु टिक्न सकेनन् । नेपालका लागि पवन सर्राफले ३, प्रतिश जिसिले २, कुशल मल्ल, भुवन सार्की, सूर्य तामाङ र कमलसिंह ऐरीले समान १/१ विकेट लिन सफल रहे ।