विश्वकप यू–१९ छनोट : नेपालद्वारा मलेसिया ८ विकेटले पराजित

title
सोमवार, बैशाख २, २०७६

काठमाडौँ । आईसीसी एसिया यू–१९ वर्ल्डकप छनोटको सोमबार क्वालालम्पुरमा भएको खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको छ । जितका लागि पाएको ९३ रनको लक्ष्य नेपालले १३ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो।

नेपालका लागि रित गौत्तम ३९ रन बनाएर नटआउट रहे भने आरिफ सेखले २६ रन जोडे। पहिले ब्याटिङ गरेको मलेसियाले ३३.५ ओभरमा अलआउट हुन अगाडि ९२ रन मात्र बनाउन सक्यो ।

मलेसियाका लागि ड्यानिएल फिग्रीले सर्वाधिक ३७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन्। नेपालका पवन सर्राफ र कुशल मल्लले तीन–तीन विकेट लिए । ८.५ ओभर बलिङ गरेका सर्राफले १३ रन मात्र दिए ।  मल्ले समेत ८ ओभरमा २० रन मात्रे दिए ।