सगरमाथा टेलिभिजनको झण्डा सगरमाथाको शिखरमा

title
मङ्लबार, असार ३, २०७६

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपालको पहिलो न्यूज च्यानल सगरमाथा टेलिभिजनको झण्डा पुर्‍याइएको छ ।  सगरमाथा आरोही जाङ्वु शेर्पाले सगरमाथा टेलिभिजनको झण्डा विश्वको सर्वोच्च शिखरमा पुर्‍याएका हुन् ।

अनुभवि पर्वतारोही तथा ख्यातिप्राप्त पर्वतारोहण गाइड जाङ्गबु शेर्पाले आफ्नो १६ औ आरोहणका क्रममा नेपालको राष्ट्रिय झण्डा र सगरमाथा टेलिभिजनको झण्डा सर्वोच्च शिखरमा  पुर्‍याएका हुन् ।

हाल पर्वतारोहणसम्बन्धी गाइड तथा पर्वताराहीको काम गर्दै आएका शेर्पा भारतीय आरोहण दललाई लिएर सगरमाथाको चुचुरोमा पुगेका हुन् । उनले जीवनमा पहिलोपटक सन् २००३ मा सगरमाथाको आरोहण गरी नेपालका राष्ट्रिय झण्डालाई शिखरमा गाडेका थिए ।

त्यसयता उनले हरेक वर्ष सगरमाथाको आरोहण गर्दै आएका छन् । उनले अन्य पर्वतारोही तथा साहसी पर्यटकलाई पनि पर्वतारोहण सम्बन्धी तालिम तथा गाइडको रुपमा सहयोग गर्दै आएका छन् ।

उनले नेपाली र तिब्बती गरी दुबै मोहोडाबाट सगरमाथाको शिखरमा पुगेका छन् । उनले तिब्बती मोहोडाबाट मात्रै सन् २००६ देखि सन् २०१२ सम्म ६ पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।