विश्वविद्यालयलाई एक अर्ब ८० करोड चन्दा !

title
मङ्लबार, मंसिर ४, २०७५

एजेन्सी – संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा पुर्वप्रमुख मेयर माईकल ब्लुमबर्गले आफुले पढेको जोन्स अप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिएका छन् ।

विश्वविद्यालयमा अध्ययन गर्ने न्युन र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय सहायता उपलब्ध गाउन आफुले दान गरेको ब्लुमबर्गले बताएका छन् ।

बाल्टिमोरमा रहेको जोन्स हप्किन्स विश्वविद्यालयले अर्को सत्रदेखि उक्त रकम विद्यार्थीलाई उपलब्ध गराईने जनाएको छ ।

अमेरिकी इतिहासमा कुनै विश्वविद्यालयले प्राप्त गरेको यो नै सबैभन्दा ठुलो चन्दा रकम भएको समाचार एजेन्सी एपीले जनाएको छ । याे खबर अाजको नागरिक दैनिकमा छ ।