विश्व टी–२० छनोटः नेपालले आज थाइल्याण्डको सामना गर्दै

title
आइतवार, अशोज २१, २०७५

काठमाडौं । मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा उपाधिको एक्लो दाबेदार टोली नेपालले घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेलमा थाइल्याण्डको सामना गर्दै छ ।

बायोमास ओभल मैदानमा हुने खेलमा नेपाल लगातार तेस्रो जितको खोजीमा रहनेछ । नेपालले पहिलो खेलमा म्यानमारविरुद्ध शानदार जित हात पारेको थियो भने दोस्रो खेलमा आयोजक मलेसियाविरुद्ध पनि ८ विकेटको जित निकालेको थियो ।

१ सय १ रनको सामान्य लक्ष्य पक्ष्याएको नेपाल १२ ओभर ४ बलमा २ विकेटको क्षतिमा १ सय १ रन बनाउँदै लक्ष्य सहजै पूरा गरेको हो । दोस्रो ओभरमै ओपनर अनिल शाह १ रनमा पेभिलिएन फर्किए पछि तेस्रो नंबरमा ब्याटिङ गर्न आएका कप्तान पारसले आक्रमक अर्ध शतक प्रहार गरेपछि नेपालले सहज जित निकालेको हो । सुरुवाती दुई ओभरसम्म रोकेर ब्याटिङ गरेका पारसले त्यसपछि त पूरै आक्रमक ब्याटिङ गरे । मैदानमा चौका र छक्का बर्षा गर्दिए । पारसले ३७ बलमा २ छक्का र ५ चौकार प्रहार गर्दै ५२ रनमा नट आउट रहे ।

छक्का हान्दै खेल जिताएका ज्ञानेन्द्र मल्लले पनि आक्रमक ब्याटिङ गरे । मल्लले २४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रनमा नट आउट रहे । ओपनर विनोद भण्डारीले पनि १२ रन बनाउन सके । मलेसियाका पवनदिप सिंह र सिजर्रल आइड्रसले समान एक विकेट हात पारे । यस अघि बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अल आउट हुदैँ १ सय रनमा अल आउट भएको थियो ।

पहलो विकेटको लागि ओपनर सायिद अजिज र शफिक शरिफले ५ ओभरमा ३० रन को साझेदारी गर्दै मलेसियालाई गतिलो सुरुवात दिलाए पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेको घातक बलिङ सामु निरिह सावित भए । मलेसियाका ओपनर सायिद अजिज १३ र शफिक शरिफले ४९ रन बनाउन बाहेक मलेसियाका कुनै पनि ब्याटम्यानले नेपाली बलर सामु क्रिजमा टिकेर दोहोरो अंकमा रन जोड्न सकेनन् ।

तेस्रो विकेटको लागि शरिफ र अमिदले ३९ को साभेदारी गर्दै मलेसियालाई सम्मान जनक स्थितिमा पु¥याउने काम गरेका थिए । कुनै समय ११ ओभर १ बलमा ७५–३ को स्थितिमा रहेको मलेसिया सन्दीपको गुग्लीमा फसेपछि १७ ओभर ३ बलमा ९४–९ को स्थिीतिमा पुगेको थियो । शरिफले ३७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ४९ रनमा आउट भए । शरिफलाई सन्दीपले १२ ओभर ३ बलमा सोमपालको हातबाट क्याच दिदैँ पेभिलिएन फर्किएका थिए ।