विश्व बसोबास दिवस बिभिन्न कार्यक्रम गरी मनाईयो

title
सोमवार, अशोज १५, २०७५

काठमाडौ । विश्व बसोबास दिवस सोमवार बिभिन्न कार्यक्रम गरी मनाईएको छ ।

काठमाडौ । संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रमद्वारा सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास नीतिको प्रवर्धन गर्ने उदेश्य सहित विश्वको ध्यानाकर्षण गर्न सन् १९८६ देखि हरेक बर्षको अक्टोबर महिनाको पहिलो सोमवार यो दिवस मनाइँदै आएको छ । नेपालमा भने सन् २००१ देखि बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको सहयोगमा नेपाल सरकारले यो दिवस मनाउने गरेको हो ।

सरकारले विश्व बसोबास दिवस २०१८ लाई ‘शहरी फोहरमैला व्यवस्थापन’ भन्ने नारा दिएको छ । दिवसका अवसरमा शहरी बिकास मन्त्रालयले सोमवार काठमाडौमा शहरी फोहरमैला व्यवस्थापनका बिषयमा गोष्ठिको आयोजना गरेको थियो ।

कार्यक्रममा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले मुलुकमा भएको जनसंख्या बृद्धि र तिब्र सहरीकरणका कारण फोहोर मैलाको समस्या विकराल बन्दै गई रहेको सन्र्दभमा फोहर आफै आफ्नो घरबाटै व्यवस्थापन गर्नु पर्छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले बाग्मती सरसफाई निरन्तर रुपमा भएपनि जनचेतनाको अभावका कारण प्रभावकारी हुन नसकेको गुनासो गर्नुभयो ।