
काठमाडौं । आज विश्व मृगौला दिवस । नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक वर्ष मार्च महिनाको दोस्रो बिहिवार विश्वभर यो दिवस मनाउने गरिन्छ यस वर्षको नारा ‘मृर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ तय गरिएको छ ।
मृगौला रोगको पहिचान तथा उपचार र रोकथामका उपायहरूबारेसचेत गराउने उद्देश्यले दिवस मनाउदै आइएको छ । दिवसका अवसरमा नेपालका विभिन्न अस्पतालले कार्यक्रम आयोजना गरेका छन् ।
जनचेतनाका लागि काठमाडौंको रत्नपार्क, शान्ति बाटिकाबाट मिर्गौला पदयात्रा गरिएको छ । प्रत्येक १० जना मध्ये १ जनालाई मिर्गौला रोग लाग्ने गरेको तथ्यांक छ । नेपालमा पनि पछिल्लो समय मृगौलाका रोगी बढिरहेका छन् ।