विस्फोटमा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

title
सोमवार, जेष्ठ १३, २०७६

काठमाण्डौ । काठमाण्डौमा आइतबार भएका विस्फोटमा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । विस्फोटमा परि अरु ७ जना घाइते भएका छन् ।

सुकेधाराको ढलाने पुल नजिकै सैलुनमा भएको विस्फोटमा घाइते भएका एक जनाको उपचारका क्रममा निधन भएपछि ज्यान गुमाउनेको संख्या ४ पुगेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जानकारी दिएको छ । यसअघि सुकेधारामा भएको विस्फोटमा २ जना र अनामनगर नजिकै घट्टेकुलोको एउटा घरको कोठामा विस्फोट हुँदा १ जनाको ज्यान गएको थियो ।

मृतक चारै जना नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता भएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार बम बनाउने क्रममा विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।