वैदेशिक रोजगार विभागमा दलाल गर्ने ७ जना पक्राउ

title
मङ्लबार, पुस २४, २०७५

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित वैदेशिक रोजगार विभागमा दलाल गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभागमा सेवाग्राहीहरुलाई ठगी गर्ने बिचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंले आज पत्रकार सम्मेलन गर्दै उनिहरुलाई सार्वजनिक समेत गरेको छ । पक्राउ पर्नेमा काभ्रे साखु घर भई हाल कालिमाटी बस्ने २५ वर्षीय भरत तामाङ, काभ्रे मंगलटार घर भई हाल काठमाडौं न्यूरोड बस्ने ३७ वर्षीय दिपु शाह, भक्तपुर बोडेका ३६ वर्षीय मनुराज न्यौपाने छन ।

यस्तै मोरङ पट्यारी घर भई हाल भक्तपुर बालकोट बस्ने २४ वर्षीय पुजन राई, काभ्रे कोशीपारी घर भई हाल काठमाडौं सानो भ¥याङ बस्ने ३५ वर्षीय गणेश तामाङ, काठमाडौं बाफलका २० वर्षीय बिकल शाही र काठमाडौं बाफलकै २६ वर्षीय राजेश तामाङ समते पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । यस्तै महानगरीय प्रहरी परिसर, काठमाडौंले सामान ठगीमा संलग्न कैलालीका बासुदेव मैनालीलाई पनि पक्राउ गरेको छ ।

नक्कली चेक दिई काठमाडौंको विभिन्न स्थानबाट फ्रिज, टेलिभिजन, जेनेटर, विदेशी रक्सी लगायतका सामानमा ठगी गरेको आरोपमा मैनालीलाई पक्राउ गरिएको एसएसपी बसन्त कुमार लामाले जानकारी दिनुभयो । यस्तै प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट १० जना औषध प्रयोगकर्तालाई पनि पक्राउ गरिएको छ ।