व्यक्तिले गरेको कमजोरीमा पुरै प्रहरी संगठनलाई नजोड्न प्रहरीको आग्रह

title
बुधबार, कार्तिक १४, २०७५

काठमाडौँ । नेपाल प्रहरीले केही समयदेखि प्रहरी सङ्गठनको आलोचना भइरहेकाले सङ्गठन आन्तरिक सुद्धिकरणको प्रयास थालिएको जनाएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी उत्तमराज सुवेदीले सङ्गठन सुधारको योजना थालिएको जानकारी दिनुभयो ।

प्रवक्ता सुवेदीले सङ्गठनभित्र रहेका एक व्यक्तिको गल्तीले पूरै सङ्गठनको बदनाम हुने वातावरण सृजना भएको भन्दै व्यक्तिको गल्तीलाई सङ्गठनले गरेको गल्तीको रूपमा नहेर्न आग्रह गर्नुभयो । उहाले सङ्गठन भित्र रहेर कुनै व्यक्तिले गलत गरे त्यस्ता व्यक्तिलाई कारबाही गरिने स्पष्ट पार्नुभयो ।

गैरव्यवसायिक काम गर्ने प्रहरी कर्मचारीलाई संगठनमा बस्न लायक नहुने भन्दै त्यस्ता व्यक्तिलाई हटाइने उहाले बताउनुभयो । प्रवक्ता सुवेदीले सङ्गठन भित्र खराब काम गर्ने प्रहरीलाई खराब र राम्रो काम गर्ने प्रहरीलाई राम्रो नै भनेर समाचार लेख्न समेत आग्रह गर्नुभयो ।

उहाले समाजमा हुने अपराध नियन्त्रण गर्ने प्रहरीले समुदाय प्रहरी साझेदारी अभियान सुरु गरेको र सबैलाई सहयोग गर्न समेत गर्नुभयो ।