शान्तिनगर चोकको विद्युत पोलमा आगलागी,विद्युत आपूर्ती बन्द

title
शनिबार, भदौ ९, २०७५

काठमाडौं । लथालिङ्ग तथा अव्यवस्थित रुपमा टाँगिएको तारमा करेन्ट सर्ट भई काठमाडौको शान्तिनगर चोकको विद्युत पोलमा आगलागी भएको छ ।

आगलागी बाट कुनै मानविय क्षेती नभए पनि उक्त क्षेत्रको विद्युत आपूर्ती समेत बन्द भएको थियो । आगो दमकलको सहयोगमा निभाइएको भने बिजुलीको ट्रान्सफर्मर जलेर पूर्णरुपमा नष्ट भएको छ । राजधानीमा यत्रतत्र टाँगिएका तथा अव्यवस्थित तारका कारण करेन्ट सर्ट भई पटक पटक आगलागीका घटनाहरु भईरहेका छन् ।

बिमेष्टेक बैठकका लागी केहि स्थानमा तारलाई व्यवस्थीत गर्ने प्रयास भएपनि सबै तार एकै ठाउमा भएका कारण सट हुने गरेको छ ।