शिकार भनेर हानेको गोली साथीलार्इ लागेपछि ज्यान गयो

title
मङ्लबार, भदौ ५, २०७५

संखुवासभा । सँगै सिकार खेल्न गएका साथीले भरुवा बन्दुकबाट चलाएको गोली लागेर संखुवासभाको मादीमा एक युवाको मृत्यु भएको छ।

मादी नगरपालिका ८ मावादिन निवासी २५ वर्षीय हस्तबहादुर तामाङको सिकार खेल्न जंगल गएको बेला साथीले चलाएको गोलीले ज्यान गएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले मृतकका भाई २१ वर्षीय रत्नबहादुर तामाङ र छिमेकी २२ वर्षीय कृष्णबहादुर तामाङलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट प्रहरीले दुई थान भरुवा बन्दुक र त्यसमा लाग्ने छर्रा तथा बारुद बरामद गरेको छ।

उनीहरको सिकार भनेर हानेको गोलीले हस्तबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ।