शिक्षाको विकास गर्न पाठ्यक्रम परिवर्तन गर्नुपर्छ- झलनाथ

title
शनिबार, जेष्ठ ११, २०७६

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले शिक्षाको विकासका लागि समग्र पाठ्यक्रम परिवर्तन गर्नुपर्ने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले विश्वको शिक्षा पद्धति, प्रविधि तथा नमुना अनुसार नेपाली शिक्षाको प्रणाली परिर्वतन गर्नुपर्ने बताए ।

प्रत्येक वर्ष ठुलो संख्यामा नेपाली विद्यार्थी उच्चशिक्षा अध्ययनका लागि बाहिरिने गरेको भन्दै खनालले अव पाठ्यक्रम नै परिवर्तन गरिने अन्तर्राष्ट्रिय शिक्षा नेपालमै दिनुपर्ने बताए ।