शिक्षा बिधयेक हतारमा नल्याउन सभामुख महराको सुझाव

title
मङ्लबार, फाल्गुन २८, २०७५

काठमाडौं । सभामुख कृष्णवहादुर महराले सरोकारवालाई उत्तेजित पारेर शिक्षा बिधयेक हतारमा नल्याउन सरकारलाई सुझाव दिनुभएको छ । आज काठमाडौंमा निजी लगानीबाट सञ्चालित विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) को १४औं महाधिवेशनको उद्घाटन गर्दै सभामुख महराले सरोकारवालासंग यथेष्ट छलफलपछिमात्र बिधेयक ल्याउन सुझाव दिनुभएको हो ।

हतार हतारमा बिधेयक ल्याएर सरोकारवालाहरुको समस्या समाधान नहुने भन्दै बिधेयकमा पर्याप्त छलफलपछि मात्र ल्याउन उपयुक्त हुने उहाँको भनाई छ । विमा विधेयकमाथि लामो छलफल हुँदा पनि अझै पारित हुन नसकेको उदाहरण दिंदै सभामुख महराले पर्याप्त छलफलबिनाको विधेयक अपुरो हुने स्पष्ट पार्नुभयो ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई पूर्वाधार र बिज्ञान तथा प्रविधीलाई उत्पादनशक्तिका रुपमा बुझे मात्र समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार हुने बताउनुभयो । त्यस्तै उहाँले शिक्षाक्षेत्रमा लागेका पक्षहरुले बिषयमा केन्द्रित हुन सके अन्यौलता नहुने बताउनुभयो । कार्यक्रममा प्याव्सनका पुर्वअध्यक्ष एवं सांसद उमेश श्रेष्ठ, लगाएत अन्य व्यक्तिहरुलाई सम्मान गरिएको थियो । महाधिवशेनले नयाँ नेतृत्व समेत चयन गर्ने प्याव्सनले जनाएको छ ।