शिखर वार्ताका लागि दक्षिण कोरियाका राष्ट्रपति मुन उत्तर कोरियामा

title
मङ्लबार, अशोज २, २०७५

एजेन्सी । उत्तर कोरियासंगको तीनदिने शिखर बैठकका लागि दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन आज उत्तर कोरिया पुग्नुभएको छ ।

उत्तर कोरियाली सर्वोच्च नेता कीम जोङ–उनले प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा दक्षिण कोरियाली समकक्षीलाई स्वागत गर्नुभएको थियो ।

सडक किनारामा कोरियाली नेतालाई स्वागत गर्न हजारौं उत्तर कोरियाली नागरिकहरु उभिएका थिए भने उनिहरुले उत्तर कोरियाली झण्डाका साथै कोरिया एकीकरणको सांकेतिक झण्डा फहराएका थिए ।

दक्षिण कोरियाली राष्ट्रपति मुनको यो तीनदिने औपचारिक भ्रमण हो । यसअघि सन् २००० मा कीम दाए–जङ र २००७ मा रोह मू–ह्युनले उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएले दुबै नेताबीचको शिखर बैठक इतिहासमै नया“ उचाइमा पुगेको र अन्तर–कोरियाली सम्बन्धलाई थप मज्बुत पार्न महत्वपूर्ण अवसर हुने बताएको छ ।