शितलहरबाट जोगिन वडाका ३ सय जनालाई कम्मल बितरण

title
सोमवार, पुस ३०, २०७५

रमेश/कपिलवस्तु । बढ्दो चिसो र शितलहरबाट जोगिन भन्दै कपिलवस्तु नगरपालिका वडा नम्बर १२ सौरहाका ३ सय जनालाई कम्मल बितरण गरिएको छ ।

कार्यालयले सामाजिक सुरक्षा भत्ता बुभ्mदै आएका जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका, नियमित गर्भ जाँच गराएका गर्भवती र सुत्केरी तथा निरबृत्तीभरण बुभ्mदै आएका ३ सय जनालाई कम्मल बितरण गरिएको हो । वडा कार्यालयले बढ्दो जाडोसंगै अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, गर्भवती महिला र सुत्केरी महिलालाई चिसोबाट बच्न वडाले परिषदमा बिनीयोजन गरेको बजेटबाट कम्मल बितरण गरेको वडा अध्यक्ष ओम प्रकाश पाण्डेयले जानकारी दिनु भयो ।

जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र महिलालाई लक्षित गरि बिभिन्न सामाजिक गतिबिधी गर्दै आएको स्पष्ट पार्दै वडाले अभियानलाई निरन्तरता दिने कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले बताउनु भयो ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव, कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, उपप्रमुख लक्ष्मी गुप्ता र वडा नम्बर १२ का वडा अध्यक्ष ओम प्रकाश पाण्डेयले कम्मल बितरण गर्नुभएको थियो ।