शुक्रवारदेखि दशैंका लागि खसी, बोका र च्याङग्रा विक्री वितरण शुरु

title
शुक्रबार, अशोज २६, २०७५

काठमाडौ । नेपाल खाद्य संस्थानले शुक्रवारदेखि दशैंका लागि खसी, बोका र च्याङग्रा विक्री वितरण शुरु गरेको छ ।

नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट दशैंका लागि खसी, बोका र च्याङग्रा बिक्री सुरु गरेको हो । संस्थानले अहिलेसम्म दुईसय खसिबोका र पाँचसय पचास च्यांग्रा भित्र्याएको छ भने ल्याउने क्रम जारी रहेको खाद्यसंस्थानका बाग्मती अंचल प्रमुख सुरेन्द्रराज विष्टले बताउनुभयो ।

यसबर्ष खसी प्रति केजीको पाँच सय, र च्याङ्ग्रा प्रतिकेजी सात सय रुपैंया तोकिएको छ । बजार भाउ हेरेर मूल्य निर्धारण गरिएको संस्थानले जनाएको छ ।

संस्थानले हरेक वर्ष थापाथलीस्थित बागमती अंचल कार्यालय परिसरबाट दशैंका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्रा विक्री वितरण गर्ने गरेको छ ।