शेयरको मूल्यमा सामान्य बिन्दुले गिरावट

title
बिहिबार, चैत्र २८, २०७५

काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा आज(बिहिवार) भने शेयरको मूल्यमा सामान्य बिन्दुले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ० दशमलव ५९ बिन्दुले घटेर एक हजार १८४ दशमलव ०२ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।०६ बिन्दुले बढेर २५३ दशमलव ६४ बिन्दुमा पुगेको छ । कूल १७० कम्पनीका १२ लाख ५१ हजार २४१ कित्ता शेयर रु ३९ करोड ६४ लाख २१ हजार ५०१ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल दश उपसमूहमध्ये आज(बिहिवार) चार उपसमूहको शेयर भने ओरालो लागेको छ भने छ उपसमूहको शेयर भने बढेको छ । होटल ११ दशमलव ४८, वित्त ३ दशमलव ४२, उत्पादन ३१ दशमलव ८५ र अन्य उपसमूह ३ दशमलव ०३ बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ ० दशमलव ५५, विकास बैंक १ दशमलव २९, जलविद्युत् ० दशमलव ३८, निर्जीवन बीमा ५ दशमलव ७२, लघुवित्त ० दशमलव ०३, जीवन बीमा ९ दशमलव १३ बिन्दुले बढेको छ । कारोवारका आधारमा आज(बिहिवार) कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु तीन करोड ६३ लाख नौ हजार २१७, एनएमबी बैंक रु तीन करोड सात लाख आठ हजार ५८४, एनआइसि एशिया बैंक रु दुई करोड ५६ लाख ४७ हजार ३८४, नेपाल बैंक लिमिटेड रु एक करोड ५८ लाख एक हजार ११० र प्रभु बैंक रु एक करोड ४२ लाख ९२ हजार ८६ मूल्य बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९ दशमलव ९२ प्रतिशतले कमाए । यस्तै एनएजी इन्स्योरेन्स कम्पनी ४ दशमलव ८८, सगरमाथा इन्स्योरेन्स ३ दशमलव ०१, मितेर डेभलपमेन्ट बैंकका शेयरधनीले २ दशमलव ९८ प्रतिशतले कमाए ।

यस्तै घलेम्दी हाइड्रोपावरका शेयरधनीले ८ दशमलव ६४ प्रतिशतले गुमाए । जानकी फाइनान्स ४ दशमलव ६२, युनिलिभर नेपाल लिमिटेड ३ दशमलव ९५, भागर्व विकास बैंक ३ दशमलव ४८ र युनाइटेड फाइनान्सका शेयरधनीले ३ दशमलव ४६ प्रतिशतले गुमाएका छन् ।