शैक्षिक संस्थालाई राजनीतिको थलो नबनाउन प्रधानमन्त्री ओलीको आग्रह

title
मङ्लबार, अशोज २, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुलाई राजनीति गर्ने थलो नबनाउन आग्रह गर्नुभएको छ ।

आज काठमाडौंको किर्तिपुरमा त्रिभुवन बिश्वबिद्यालयको त्रिविसभाको साधारण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शैक्षिक क्षेत्रहरुमा हुने नियुक्ति, सरुवा र बढुवालाई राजनीतिभन्दा बाहिर राख्न आग्रह समेत गर्नुभयो ।

राजनीतिकरणले शिक्षाको विकास हुन नसक्ने भन्दै प्रधानमन्त्री ओलीले नयाँ पिढीलाई मुलुकप्रति अग्रसर गराउन पनि शिक्षाको उचित बिकासमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

देशकै सवैभन्दा जेठो त्रिभुवन विश्वविद्याललाई विश्वमै नमूनायोग्य बनाउनु पनि विश्वविद्यालयकै दायित्व भएको उहाँले बताउनुभयो ।

त्यस्तै प्रधानमन्त्री ओलीले त्रिविलाई कम खर्चमा बढी उत्पादन र प्रतिफल गर्ने नीतिमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै शिक्षामन्त्री एवं त्रिबिका सहकुलपति गिरिराजमणी पोखरेलले शिक्षा मन्त्रालय र योजना आयोगसंग मिलेर शिक्षा क्षेत्रको मुल्याङ्कन गर्ने समिति बनाउने तयारी भईरहेको बताउनुभयो ।

त्रिवि सभाले पूर्वाधार निर्माण, सेमेष्टर प्रणालीको सुदृढीकरण, शिक्षण क्रियाकलापमा प्रविधि प्रयोगको विस्तार, अनुसन्धानलगायत विषयलाई प्राथमिकता राख्दै बार्षिक कार्यक्रम पारित गरेको छ ।