श्रमको उचित सम्मान गर्न मन्त्री यादवको आग्रह

title
शुक्रबार, बैशाख ६, २०७६

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले श्रमको सम्मान गर्न उद्योगीहरुलाई आग्रह गर्नुभएको छ ।

मन्त्री यादवले श्रमिकहरुको श्रमकै कारण प्रत्येक उद्योग चलेको भन्दै श्रमको उचित सम्मान गर्न आग्रह गर्नुभएको हो । श्रमिकको पारिश्रमिक वृद्धि गर्दा आफ्नो उद्योगको उत्पादनमा वृद्धि हुन्छ भन्ने सच्याईलाई उद्योगीले बुझ्नुपर्ने यादवको भनाई छ ।

नेपाल पश्मिना उद्योग संघको १८ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले आफ्नो उद्योगको उत्पादन बढाउन उद्योगीहरुले श्रमिकहरुको श्रमको सम्मान र माया दुवै गर्नुको विकल्प नरहेकोे स्पष्ट पार्नु भयो । उहाँले निजी क्षेत्रसँग मिलेर काम गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

मन्त्री यादवले नेपालको पश्मिना व्यवसाय ओरालो लाग्दै गएपनि सो समस्या समाधानका लागि पश्मिना उद्योगहरुले सरकारसँग परामर्श समेत गर्न नचाहेको गुनासो गर्नु भयो ।