श्रमिकलाई पेन्सन

title
बिहिबार, कार्तिक २९, २०७५

काठमाडौं ।श्रम एन लागु भएको संस्थामा कार्यरत श्रमिक तथा योगदानकर्ताले वृद्धावस्थामा निवृत्तिभरण (पेन्सन) पाउने भएका छन् । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ को मस्यौदामा वृद्ध अवस्था सुरक्षा योजनाका लागि रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिबाट निश्चित प्रतिशत जम्मा गरिदिएर उक्त रकमबाट पेन्सन दिने व्यवस्था गरिएको नागरिक दैनिकमा खबर छ ।

चुनावपछि प्रदेश सरकार गठन भएको नौ महिला बितिसक्दा पनि अझै चारवटा प्रदेशको नाम र राजधानी टुंगो लाग्न सकेको छैन् । दलीय, जातीय र भेगीय स्वार्थका कारण प्रदेशको नाम र राजधानीको मुद्दा पेचिलो बन्दै गएको समाचार पनि छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संघियताको मर्मअनुरुप राज्य सञ्चालनमा कर्मचारीतन्त्रले निरन्तर अवरोध गरे बर्खास्त गर्नुपर्ने बताएको समाचार पनि छ ।