श्रीमातीलाई ढुङ्काले हानेर हत्या गरी फरार भएका श्रीमान पक्राउ

title
बिहिबार, अशोज ११, २०७५

कविराज/कास्की । पोखरा– ३२, खुदीखोला सुकुम्बासी बस्तीमा गएराती आफनै श्रीमातीलाई ढुङ्काले हानेर हत्या गरी फरार भएका श्रीमान पक्राउ परेका छन् ।

गएराती घरमै श्रीमतिको हत्या गरी भागेका ५५ बर्षिय यानबहादुर गुरुङ पक्राउ परेका हुन । उनलाई  विहान गगनगौडाको भिर धानवारीमा लुकेर वसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नै श्रीमती ६० बर्षिया श्रीमाया गुरुङको ढुंगाले हानेर हत्या गरेको खुलासा भएको छ । मृतक श्रीमाया गुरुङको शव पोस्टमार्टमका लागि पश्चिामाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको छ ।