श्रीलंकामा राजनितीक संकट, राष्ट्रपतिद्वारा संसद निलम्बन

title
शनिबार, कार्तिक १०, २०७५

काठमाडौ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद निलम्बन गरेका छन्।

प्रधानमन्त्री रहेका रानिल विक्रमासिङ्गेलाई वर्खास्त गरेका  सिरिसेनाले पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाएका थिए । राजनीतिक संक्रमणका बीच प्रधानमन्त्रीमाथि शाक्ति प्रायोग गरेको २४ घण्टा नवित्दै उनले संसद समेत निलम्बन गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

वर्खास्त गरिएका रनिल विक्रमासिङ्गेले संसदका सभामुखसमक्ष आफू प्रधानमन्त्री कायमै रहेको जिकिर गर्दै बहुमत प्रमाणित गर्न संसद बैठक आह्वान गर्न आग्रह गरेका थिए। यो आग्रहपछि राष्ट्रपतिले संसद निलम्बन गरेका हुन् ।

सिरिसेनाका पछिल्ला कदमले श्रीलंकामा संवैधानिक संकट आइपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले  जनाएका छन् । २ सय २५ सदस्यीय श्रीलंकाको संसदमा आफ्नो बहुमत कायमै रहेको भन्दै विक्रासिङ्गेले राष्ट्रपति को पछिल्लो कदम गैरकानुनी भएको बताएका छन् ।