श्रीलङ्काका राष्ट्रपतिद्धारा संसद विघटन

title
आइतवार, कार्तिक २५, २०७५

सिरिसेनाद्वारा निर्वाचन घोषणा, विक्रमासिंघे अदालत जाने

एजेन्सी । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद विघटन भएको घोषणा गर्नुभएको छ । आफैले नियुक्त गरेको नयाँ प्रधानमन्त्रीको समर्थनमा उहाँले संसद विघटन गर्दै निर्वाचन गराउने घोषणा गर्नु भएको हो ।

सिरिसेनाद्धारा अपदस्त हुनु भएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले भने राष्ट्रपतिको कदम असंवैधानिक भन्दै अस्विकार गर्दै आउनु भएको छ ।  राष्ट्रपति सिरिसेनाले गत महिना विक्रमासिङ्घेलाई पदच्युत गर्दै पूर्वराष्ट्रपति तथा विपक्षी दलका नेता महेन्दा राजापाक्षेलाई प्रधानमन्त्रीका नियुक्त गरेको घोषणा गर्नु भएको थियो ।

सन् २००९ मा गृहयुद्धको अन्त्य भएको घोषणा गर्नु भएका पूर्वराष्ट्रपति राजपाक्षे श्रीलङ्कामा लोकप्रिय हुनुहन्छ र साथै विवादास्पद हुनुहुन्छ । उहाँले आउदो जनवरी ५ तारिखमा निर्वाचन गर्ने घोषणापनि गर्नुभएको समाचारमा जनाइएको छ । विघटीत संसदमा २२५ जना सांसद रहेका थिए ।

राष्ट्रपतिको घोषणासँगै निर्धारित कार्यकाल भन्दा दुई बर्ष अगाडी नै संसद विघटन भएर निर्वाचन हुन लागेको हो ।  राष्ट्रपति सिरिसेनाका यी घोषणा तथा निर्णयहरुलाई विक्रमासिङ्घेले भने गलत भन्नु भएको छ । उहाँको पार्टीले पनि त्यस्ता कदम चाल्ने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ ।

राष्ट्रपति सिरिसेनाले आफुलाई हटाउन नमिल्ने भएकाले आफूले प्रधानमन्त्री पद नछाड्ने र अहिले पनि आफु नै प्रधानमन्त्री रहेको उहाँले दाबी गर्दै आउनु भएको छ ।  श्रीलङ्कामा बढ्दो राजनीतिक संकटप्रति अन्तर्राष्ट्रिय समुदायले पनि चासो र चिन्ता व्यक्त गरेका छन् । उनीहरुले पनि आफ्ना पछिल्ला कदम सच्याउन राष्ट्रपति सिरिसेनालाई आग्रह गरेका छन् ।

राष्ट्रपतिको पछिल्लो कदमलाई सर्वोच्च अदालतमा कानूनी चुनौती दिन सकिने अधिकारीहरुले बताएका छन् ।  सिरिसेनाद्धारा नियुक्त प्रधानमन्त्री राजापाक्षेको पक्षमा संसद्मा बहुमत पुग्ने अवस्था नदेखिएपछि संसद विघटन गरेको बताइएको छ । आफैसँग राष्ट्रपति पदमा प्रतिश्पर्धा गरेका राजापाक्षेलाई सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलङ्कमा नयाँ राजनीतिक संकट सृजना भएको हो ।