
संखुवासभा – संखुवासभाको सभाखोलाले बगाउँदा एकजना पुरुषको ज्यान गएको छ ।
पाँचखपन नगरपालिका-३ का ३३ बर्षीय भेषराज काल्पा मगरलाई खोलाले बगाउँदा ज्यान गुमाएका हुन् । उनलाई गाई तार्ने क्रममा खोलाले बगाएको थियो ।
उनी खोलाले बगाएको स्थानबाट करिब ४ किलो मिटर तल रिपेनी घाटमा मृत भेटिएका छन् ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट टोली खटिएर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाएको छ ।