संचार माध्यामहरुले बाटो बिराए : संचारमन्त्री

title
शुक्रबार, बैशाख २०, २०७६

काठमाडौ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्यामहरुले बाटो बिराएको टिप्पणी गर्नु भएको छ ।

मन्त्री बास्कोटाले लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गराउने आन्दोलनको अगुवाई गरेको कम्युनिष्ट पार्टी नेतृत्वको सरकारलाई समेत लोकतन्त्रविरोधी देखाउने प्रयास गरिएको भन्दै संचार माध्यामहरुप्रति गुनासो पनि गर्नु भयो ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले संविधानले पूर्ण प्रेस स्वतन्ताको प्रत्याभूति गरेको भन्दै त्यसको प्रयोगमा संकुचन वा कमजोर बनाउने काम हुनै नसक्ने पनि दोहो¥याउनु भयो । नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता नेपालको इतिहास, भूगोल, खुलापनका कारण पनि संकुचन हुनै नसक्ने मन्त्री बास्कोटाको तर्क छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेसमैत्री कानुन निर्माण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले प्रेस स्वतन्त्रताको रक्षाका लागि जवाफदेही भएर पत्रकारिता गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । कार्यक्रममा मन्त्री बास्कोटाले दक्षिण एशीयाली प्रेस स्वतन्त्रतासम्बन्धि प्रतिवेदन पनि सार्वजनिक गर्नु भएको थियो ।