संयुक्त समितिहरुका सभापतिको निर्वाचन आइतवार हुने

title
बिहिबार, अशोज ४, २०७५

काठमाडौं । संघीय संसदमा रहेका संयुक्त समितिहरुका सभापतिको निर्वाचन आइतवार हुने भएको छ ।

प्रतिनिधि सभाको बिहिवारकोे बैठकमा सभामुख कृष्णबहादुर महराले संयुक्त समितिहरुको निर्वाचन सात गते गर्न संघीय संसद सचिवालयलाई दिर्नेशन दिनुभएको हो । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतको संयुक्त समितिहरुमा संसदीय सुनवाई समिति, राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यन्वयन, अनुगमन र मूल्यांकन समिति रहेका छन् ।

त्यस्तै बैठकले ‘शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तराष्ट्रिय सम्झौता माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नुभएको सम्झौतासम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

प्रतिनिधिसभाको अर्को बैठक यही असोज ९ गते मङ्गलबार दिनको २ बजे बोलाईएको छ ।