संविधानको कार्यान्वयनमा दवाब सृजना गर्न (नेकपा) अध्यक्ष दाहालको आह्वान 

title
मङ्लबार, जेष्ठ २१, २०७६

काठमाडाै । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संविधानको ईमान्दारिताका साथ कार्यान्वयन गर्न दवाब सृजना गर्न सबै समुदायलाई आह्वान गरेका छन्।

अध्यक्ष दाहालले सबै समुदायले सचेत भएर संविधानको इमान्दार कार्यान्वयनका लागि दवाब नदिए मुलुक प्रतिगमनतर्फ उन्मुख हुनेतर्फ पनि सचेत गराए । आज(मङ्लवार) काठमाडौंमा आयोजित ‘जातीय भेदभाव तथा छुवाछुतसम्बन्धि कानुनको प्रभावकारी कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रियामा उनले पार्टी भित्र पनि दलित समुदायका जनप्रतिनिधिमाथि विभेद भइरहेको भन्दै त्यसको अन्त्यका लागि पार्टी र सरकार दुवैमा उजुरी दिन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष दाहालले संविधान सम्झौतामा तयार गरिएको दस्तावेज भएकाले यसमा केही नराम्रा पक्षहरु पनि रहेको उल्लेख गर्दै त्यसलाई हटाउन संविधान संशोधनमा जोड दिइएको पनि स्पष्ट पारे ।