संविधान लागू गराउन जिम्मेवार बन्न कांग्रेसलाई पूर्वराष्ट्रपति डा.यादवको सुझाव

title
बिहिबार, मंसिर २७, २०७५

काठमाडौ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान लागू गराउन जिम्मेवार बन्न नेपाली कांग्रेसलाई सुझाव दिनु भएको छ ।

पूर्व राष्ट्रपति यादवले नेपाली कांग्रेसकै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गराउने दायित्व कांग्रेसकै भएको पनि स्पष्ट पार्नु भयो । उहाँले आफूले जारी गरेको नयाँ संविधान निकै अग्रगामी भएको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक लागू गरे मुलुक सफल राष्ट्र बन्ने विश्वास पनि व्यक्त गर्नु भयो । पूर्व राष्ट्रपति यादवले कांग्रेस नेतृत्वलाई गुट उपगुट अन्त्य गर्दै एकतावद्ध भएर अघि बढन् पनि सचेत गराउनु भयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्धारा लिखित ‘नेपाली काँग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विहिवार काठमाडौंमा विमोचन गर्दै पूर्व राष्ट्रपति यादवले नेपाली कांग्रेसको नेतृत्वले आफ्नै कार्यकर्तालाई दुस्मनजस्तै व्यवहार गर्ने गरेको भन्दै चिन्ता पनि व्यक्त गर्नु भयो ।