संविधान संशोधन गर्दै अघि बढेका छाैं : (नेकपा)का अध्यक्ष दाहाल

title
बिहिबार, मंसिर २७, २०७५

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन गर्दै अघि बढ्ने बताउनु भएको छ ।

सत्तारुढ राष्ट्रिय जनता पार्र्टी, नेपालले तत्काल संविधान संधोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताईरहेका बेला अध्यक्ष दाहालले संविधान संशोधन गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । उहाँले उत्पीडित वर्ग, जाति र समूदायको हक अधिकारलाई सुनिश्चित गर्न पनि परिमार्जन र संशोधनको प्रक्रियाबाट गुज्रिंदै संविधानलाई पूर्णता दिनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो ।

विहिवार काठमाडौंमा आयोजित ‘मुक्तिक डगर’ नामक पत्रिकाको बिमोचन गर्दै अध्यक्ष दाहालले उत्पीडित समूदाय र सहिदहरुको सपना पूरा गर्ने दिशामा शान्तिपूर्ण ढंगले संघर्ष गर्दै अघि बढ्न पनि सम्बन्धित पक्षलाई आह्वान गर्नु भयो ।

अध्यक्ष दाहालले उपेक्षित समूदायको हक, अधिकार सुनिश्चित गराउन संविधानमा संशोधन र परिमार्जनको ठाउँ खुला रहेको दावी पनि गर्नु भयो । त्यस अवसरमा अध्यक्ष दाहालले थारु समुदायको हक, अधिकार सुनिश्चित गर्न आफूले सक्दो पहल गर्ने आश्वासन पनि दिनु भयो ।