संविधान संशोधन, शान्ति सुरक्षा, महँगी, बलात्कार बिरुद्ध राजपाले आन्दोलन थाल्ने चेतावनी

title
बिहिबार, अशोज १८, २०७५

एम के/सप्तरी । राष्ट्रिय जनता पार्टीले सरकार संविधान संशोधन, शान्ति सुरक्षा कायम गर्न नसकेको तथा महँगी बलात्कार बढेको भन्दै सरकार समर्थित आन्दोलन थाल्ने भएको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बिहिवार सप्तरीमा पत्रकार सम्मेलन गर्दै २१ गते देशभर प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने जानकारी दिनुभयो । आफूहरुमा मागबारे त्यसपछि पनि सरकारले समाधानका लागि प्रयास नगरे छठपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएर सडक आन्दोलन थाल्ने उहाँले चेतावनी दिनुभयो ।

सरकारले संविधान संशोधन, मधेशको विकास लगायत सवै समस्या समाधानका लागि आग्रह गरेपनि संघीयताप्रति वितृष्णा फैलाउने, ३३ किलो सुन तस्करीका आरोपीलाई जोगाउने, निर्मला हत्या काण्डका अपराधीलाई संरक्षण दिने काममा लागेको राजपाको आरोप छ ।