संवैधानिक परिषदको बैठक बस्दै

title
बुधबार, भदौ २०, २०७५

काठमाडौँ । संवैधानिक परिषदको बैठक बुधबार बस्दैछ । दिउँसो दुईबजेपछि बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त रहेको प्रमुख आयुक्त पदमा सिफारिसका बारेमा छलफल हुनेछ ।

अख्तियार दुरुपयोगमा लामो समयदेखि प्रमुख आयुक्त पद खाली रहेको छ । अहिले नविन घिमिरेले कायममुकायम प्रमुख आयुक्तको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।

बुधबारको संवैधानिक परिषद बैठकले घिमिरेको नाम नै सिफारिस गर्ने सम्भावना छ । परिषदले सरकार र संसदीय सुनुवाई समितिका नाम सिफारिस गरेर पठाउने व्यवस्था रहेको छ ।