संसदमा प्रतिपक्षद्वारा विधेयक टेबुल गर्न नदिनु अधिनायकवाद हो : रक्षा मन्त्री पोखरेल

title
शनिबार, साउन ५, २०७५

काठमाडौ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संसदमा प्रतिपक्षद्वारा विधेयक टेबुल गर्न नदिनु अधिनायकवाद भएको टिप्पणी गर्नुभएको छ ।

आज बिराटनगर विमानस्थलमा संचारकर्मीसंग पोखरेलले पूर्ववर्ती सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक जस्ताको तेस्तै ल्याउनुपर्ने माग अनुचित भएको बताउ“दै संसद्मा प्रतिपक्षद्वारा विधेयक टेबुल गर्न नदिनु अधिनायकवाद भएको बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य विधेयक संसद्मा छलफल भई यसमा भएका समस्या समाधान हुनुपर्नेमा जोड दि“दै जननिर्वाचित संसद्मा विधेयकका बु“दामा आवश्यक संशोधन प्रस्ताव राखी छलफल प्रकियाबाट विधेयकमा रहेका विवाद टुंग्याउनुपर्ने धारणा राख्नुभयो । उहा“ले चिकित्सा शिक्षा सुधारका नाममा अनशन बसेर डाक्टर गोविन्द केसीले गलत अभ्यास गरेको आरोप पनि लगाउनुभयो ।

मन्त्री पोखरेलले डाक्टर केसीको माग पूरा गर्ने काम जनताबाट निर्वाचित जनप्रतिनिधिको भएकाले केसीले वार्तामा बस्न आनाकानी गर्न नहुने तर्क गर्नुभयो ।