संसदमा शेरबहादुर देउवाको प्रश्न – कञ्चनपुरमा निहत्था नागरिकको हत्यो किन गरियो ?

title
आइतवार, भदौ १०, २०७५

काठमाडौँ । पूर्वप्रधानन्त्री एवम् प्रमुख प्रतिपक्षी नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले न्याय माग्दा निर्दोष र निहत्था नागरिकको गोली हानी हत्या गरिएको भन्दै निन्दा गर्नुभएको छ ।

प्रतिनिधीसभाको आईतबारको बैठकमा देउवाले राज्यले नै अपराधीको संरक्षण गरेकाले जनता आन्दोलित हुनुपरेको र सरकारले दमन गरेको बताउनुभएको हो । उहाले कञ्चनपुरकी किशोरी निर्मला पन्त प्रतिनिधि पात्रमात्रै भएको बताउँदै देशैभर बलात्कारका घटनाको शृंखला बढेकोमा दुःख व्यक्त गर्दै घटनाको निन्दा गर्नुभयो । देउवाले सरकारले न्यायपालिकालाई कार्यपालिका र व्यवस्थापिकाको लाचार छाया बनाउन खोजेको आरोपसमेत लगाउनुभयो ।

प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई संवैधानिक परिषदबाट अनुमोदन गर्ने र संसदीय सुनुवाइ समितिबाट अस्वीकृत गरेर प्रधानमन्त्री केपी ओलीले दोहोरो चरित्र देखाएको उहाले बताउनुभयो । सभापति देउवाले करले नागरिकको ढाड भाँचेको भन्दै न्यायोचित ढंगले कर उठाउन माग गर्नुभयो । देउवाले वित्तीय आयोग गठन नभएकाले यस्तो अवस्था आएको बताउनुभयो ।

उहाले उखु उत्पादन गर्ने किसानले आफ्नो भुक्तानी नपाउनु, प्रमुख खाद्यन्न तथा नगदेवाली उत्पादन गर्ने किसानले समयमा मलखाद नपाउनु गम्भीर विषय भएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराउनुभयो ।