संसदीय पद्धती र मर्यादामाथि हस्तक्षेप भयो : नेता सिपी गजुरेल

title
शुक्रबार, बैशाख ६, २०७६

काठमाडौ । नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सिपी गजुरेलले वर्तमान सरकारले दुई तिहाइको बलमा संसदीय पद्धती र मर्यादालाई हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ ।

शुक्रबार काठमाडौमा आयोजित एक कार्यक्रममा गजुरेलले संसदीय समितिमा नागरिकता बिद्येयकका बारेमा छलफल भइरहदाँ नागरिकता वितरणका लागी सर्कुलर जारी गर्दे सरकारले संसदीय पद्धती र मर्यादालाई हस्तक्षेप गरेको आरोप लगाउनुभयो । उहाले भारतको चाहना अनुरुपमा नागरिकता बितरण कार्यलाई खुल्ला गरिएको र बिद्येयक पारित हुन लामो समय लागेको पनि बताउनुभयो ।

नेपालीहरुलाई नेपालभित्रै अल्पमतमा पार्ने भारतको षडयन्त्रमा वर्तमान सरकार फसेको उहाको भनाई छ । त्यस्तै उहाले कम्युनिष्ट भन्न नेकपाका नेताहरुले बालुवाटारलाई बेचेको र सिंहदरबार नै बेच्ने तयारीमा लागेको टिप्पणी गर्नुभयो ।

नेता गजुरेलले सरकारले नै भ्रष्टाचारीलाई प्रश्रय दिएको र सरकारलाई कसैले रोक्न नसकेको बताउनुभयो । अहिले प्रतिपक्षी काग्रेस पनि निरिह देखिएको आरोप लगाउनुभयो ।